संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

भोजपुर । भोजपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय भीरबाट लड्दा पौवादुम्मा–४ कात्तिकेका ५४ बर्षीय बलबहादुर कार्कीको मृत्यु भएको हो ।

खेतबाट पराल लिएर घर आउँने क्रममा कार्की भीरबाट खसेका हुन् । परालको भारी बिसाउँने क्रममा भीरबाट लड्दा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Advertisement

भीरबाट करिव ३५ मिटर तल झरेर बजारिदा उनको घटनास्थलमै मृत्यु भएको हो । हिजो घटना भएपनि आज बिहानमात्र स्थानीय र आफन्तले थाहा पाएर प्रहरी चौकी बास्तिममा खबर गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!