संगालोखबर सम्वाददाता


झापा । झापाका एक बृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । झापाका ६२ बर्षीय बृद्धमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी अहिले आइसोलेशनमा छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

Advertisement

हिजोमात्रै भोजपुरका एक पुरुषमा पनि संक्रमण देखिएको थियो । प्रदेश नं.१ मा दैनिक जसो संक्रमितको संख्या थपिदै गएको छ । हालसम्म प्रदेश नं.१ मा मात्रै २९ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

उनीहरुको बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!