संगालोखबर संवाददाता
भोजपुरको घोडेटार ।

भोजपुर । भोजपुरका कोरोना संक्रमित व्यक्तिलाई उपचारका लागि बिराटनगर लगिने भएको छ । हतुवागढीका २६ वर्षीय कोरोना संक्रमित पुरुषलाई कोरोना बिशेष अस्पतालमा राखेर उपचार गर्न बिराटनगर पठाउँन लागिएको हो ।

उनलाई उपचारका लागि लैजान सदरमुकामबाट एम्बुलेन्स पठाइसकिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले संगालोखबरलाई जानकारी दिए । ‘आज साँझ सम्म बिराटनगर पुर्याउँनेगरी तयारी गरेका छौ ।’ प्रजिअ पुरीले भने ‘अरु व्यक्तिलाई संक्रमण नफैलिओस भनेर सावधानीपूर्वक लैजाने व्यवस्था मिलाइएको छ ।’

Advertisement

संक्रमित व्यक्तिलाई भोजपुरको एम्बुलेन्सले हतुवागढीबाट त्रिवेणी चुहार पुर्याउँछ । त्यसपछि बिराटनगरबाट आउँने एम्बुलेन्समा राखेर उनलाई लगिने छ ।

साउदीबाट फागुन ३० गते काठमाण्डौं आएका उनी चैत ११ गते हतुवागढी पुगेका थिए । हतुवागढीमा होम क्वारेनटाइनमा रहेका बेला मंगलबार गरिएको आरडीटी परीक्षणमा पोजिटिभ रिपोर्ट आएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारको आइसोलेसनमा राखिएको थियो । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिहिबार ‘स्वाब’ परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीसहित नेपालमा कोरोना संक्रमित ४८ पुगेका छन् ।

यसअघि प्रकाशित समाचार…

भोजपुरका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement