संगालोखबर संवाददाता

भोजपुर । भोजपुरका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । भोजपुरको हतुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि संक्रमित थपिएको पुष्टि गरेको छ ।

Advertisement

गत मंगलबार आरडीटी परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएपछि उनको स्वाब परीक्षणका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको थियो । प्रतिष्ठानमा परीक्षणका क्रममा उनमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

उनी साउदीबाट आएका हुन् । गत फागुन ३० गते काठमाण्डौं आएका उनी चैत ११ गते हतुवागढी पुगेका थिए । होम क्वारेनटाइनमा रहेका बेला मंगलबार गरिएको आरडीटी परीक्षणमा पोजिटिभ रिपोर्ट आएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारको आइसोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले संगालोखबरलाई जानकारी दिए ।

संक्रमण पुष्टि भएसँगै उनलाई उपचारका लागि बिराटनगर लैजाने तयारी गरिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement