संगालोखबर संवाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको बुढिगंगा गाउँपालिकाकी एक बालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २ जना १६ बर्षीय बालक (बालकको नाम नखुलाइएको) सहित बुढिगंगा गाउँपालिका–६ का १९ बर्षीय सन्देश लिम्बु र २१ बर्षीय टंके भनिने कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार गत माघ १५ गते राती बुढिगंगा गाउँपालिकाकी बालिकामाथि सामुहिक बलात्कार भएको थियो । घटना भएको तीन महिनापछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाको बिषयमा अनुसन्धान गरेर पक्राउ परेकाहरुलाई कारबाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement