संगालोखबर सम्बाददाता

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आज बिहान ६ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । 

Advertisement

प्रदेशको नामकरण पश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले शान्ति–सुरक्षामा असर परेको भन्दै आजबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ ।

प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेधित क्षेत्र तोकिएको छ ।  निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावत बाहेक सभा, जुलुस, भेला, र्याली, धर्ना जस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । 

आदेश उल्लंघन गरिएमा कारबाही हुने प्रशासनले जनाएको छ । आइतबारदेखि कोशी प्रदेशको प्रदेश सभाको बैठक बस्दैछ । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!