- संगालोखबर सम्बाददाता

विराटनगर । अत्यधिक गर्मी बढेपछि विराटनगरका विद्यालयहरूमा दुई दिन बिदा दिइएको छ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण पठनपाठन गर्न कठिनाइ भएपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका विद्यालयहरूमा बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो ।

गर्मीले पठनपाठनलगायत गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावना देखिएपछि स्कुलमा बिदा दिइएको महानगरले जनाएको छ ।

नगर शिक्षा समितिको आजको निर्णयअनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे बिदाबाट कट्टा हुनेगरि सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरू बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जनाएका छन् ।

पूर्वनिर्धारित परीक्षाहरू भने बिदामा पनि यथावत रुपमा सञ्चालन हुनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!