संगालोखबर सम्बाददाता

धनकुटा । जंगली च्याउ खाएर बिरामी परेका धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ७ वर्षीय बालक सचिन राईको मृत्यु भएको छ । च्याउ खाएर आमाको मृत्यु भएको १७ घण्टापछि छोरा सचिनको पनि ज्यान गएको हो ।

Advertisement

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराती २ः२० बजे सचिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनकी आमा २८ वर्षीय मुना राईको हिजो बिहान ९ः१५ बजे मृत्यु भएको थियो ।

सहिदभूमि घर भई धनकुटा नगरपालिका–७ चुलिबन बस्दै आएका उनीहरूले गत सोमबार जंगली च्याउ खाएका थिए । अत्याधिक वान्ता र झाडापखाला लागेपछि बुवा एमजित, आमा मुना र छोरा सचिन मंगलबार जिल्ला अस्पताल भर्ना भएका थिए ।

जिल्ला अस्पतालमा उपचारपछि बुवा एमजित निको भए । तर, आमा-छोरालाई सुधार नभएपछि उनीहरूलाई धरान लगिएको थियो ।

यसअघि प्रकाशित

धनकुटामा जंगली च्याउ खाँदा आमाको मृत्यु, छोरा सिकिस्त

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!