संगालोखबर सम्बाददाता

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले काठमाडौंको रानीबारीस्थित ओशो आश्रमलाई ५० लाख आर्थिक सहयोग गरेका छन् । आश्रममा ध्यान गर्ने हल निर्माणका लागि सांसद शर्माले व्यक्तिगत रुपमा ठूलो धनराशी सहयोग गरेका हुन् ।

Advertisement

सांसद शर्मा सोही आश्रममा नौ दिन लामो ध्यान गरेर ओशो सन्यासी बनेका छन् । सोही क्रममा उनले आश्रमलाई सहयोग प्रदान गरेका हुन् । सामाजिक काममा सक्रिय डा.शर्माले यसअघि पनि बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

शर्मा तलब भत्ता नलिने देशभरका एकमात्र सांसद पनि हुन् । उनले गरिब, विपन्न तथा असहाय हजारौं बिरामीलाई उद्धार गरेर निःशुल्क उपचार गराई ज्यान बचाएका छन् ।

यो पनि हेर्नुहोस्…

सांसद सुनिल शर्मा बने ओशो सन्यासी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!