संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले सेवावाट अवकाश पाएपछि मुक्तिनाथ सुवेदी नयाँ प्रमुख प्रशासकीय अधिकृत बनेर आएका हुन् ।

Advertisement

नगरपालिकाका कर्मचारीहरूले आज उनलाई फूलमाला, खादा र अबिर लगाएर कार्यालयमा स्वागत गरेका छन् । उनले आजै पदभार ग्रहण गरेका हुन् । ५८ वर्षे उमेर हदका कारण थापाले सेवाबाट अनिवार्य अवकाश पाएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुवेदीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको हो ।

धनकुटा नगरपालिका–१० डुम्रेसान्ने घर भएका सुवेदी यसअघि सामान्य प्रशासन मन्त्रालयमै थिए । उपसचिवमा बढुवा भएपछि पहिलो पटक उनको धनकुटा पदस्थापन भएको हो ।

२०६१ सालमा खरिदार पदबाट निजामती सेवा प्रवेश गरेका सुवेदीले ०६८ देखि ०७० सालसम्म दुई वर्ष तत्कालीन जिल्ला विकास समिति धनकुटाको योजना अधिकृतको रुपमा काम गरेका थिए । १० वर्षपछि उनी पुनः आफ्नै गृह नगरमा हाकिम बनेर आएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!