संगालोखबर सम्बाददाता

धनकुटा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ताको खेलका कारण कांग्रेस बदनाम बन्दै गएको बताएका छन् । धनकुटा आज नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्ता प्राप्तिका लागि जे पनि गर्न तयार हुने परिपाटी हावी हुँदै गएका कारण कांग्रेस बदनाम बन्दै गएको बताएका हुन् ।

Advertisement

सत्तामा पुग्न जनभावना विपरीतको काम गर्न नहुने भन्दै उनले सत्तालाई भन्दा जनताको सवाललाई प्राथमिकता दिनुपर्ने धारणा राखे । ‘पछिल्लो समय हाम्रो निर्णयले कांग्रेस सरकारमा जानका लागि मात्र हो, सरकारमा जान कांग्रेस जे पनि गर्न तयार हुन्छ भन्ने जस्तो देखिन थालेको छ, तर हामी यस्तो हैनौँ,’ महामन्त्री थापाले भने, ‘हाम्रो निर्णयले हामी प्रतिको हेराइ राम्रो देखिएको छैन, यो गल्तीलाई महसुस गर्दै कांग्रेसले आफूलाई नयाँ ढंगले अघि बढाएर लैजानुपर्छ ।’

सत्तामा पुग्न गठबन्धन गरेर भोट साट्न तयार हुनु गलत भएको उनले बताए । ‘सत्तामा जानका लागि हामी हसिया हतौडामा भोट हाल्न तयार भयौं, कलममा भोट हाल्न तयार भयौं, मत साट्न तयार भयौं, हामी जनताको सवालमा केन्द्रित हुनुपर्छ, सत्तामा केन्द्रित देखिनु राम्रो हैन ।’ थापाले भने ।

बिचार र सिद्धान्त महत्वपूर्ण भएको तर्क गर्दै उनले आगामी चुनावमा अरु दल सबै एकातिर भए भनेपनि कांग्रेस एक्लै भिड्न तयार हुनुपर्ने धारणा राखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!