- संगालोखबर सम्बाददाता
फाइल तस्वीर

धनकुटा । धनकुटामा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी परेकी सहिदभूमि गाउँपालिका–३ घर भई धनकुटा नगरपालिका–७ चुलिबन बस्दै आएकी २८ वर्षीया मुना राईको उपचारका क्रममा आज मृत्यु भएको हो ।

मुनाका छोरा ७ वर्षीय सचिन सिकिस्त बिरामी छन् । उनीहरूले गत सोमबार जंगली च्याउ खाएका थिए । अत्याधिक वान्ता र झाडापखाला लागेपछि आमा–छोरा मंगलबार जिल्ला अस्पताल भर्ना भएका थिए । तर, सुधार नभएपछि दुवै जनालाई आज बिहान धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो ।

प्रतिष्ठानमा उपचारका क्रममा बिहान करिब ९ः१५ बजे मुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । गम्भीर अवस्थामा रहेका छोरा सचिनलाई आइसीयूमा राखेर उपचार भइरहेको छ ।

 

अपडेटः जंगली च्याउ खाएर आमाको मृत्यु भएको १७ घण्टापछि छोराको पनि ज्यान गयो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!