संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा २२ देशको झण्डा राखिएको छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सोमबार नेपालसहित २२ देशको राष्ट्रिय झण्डा फहराइएको हो ।

Advertisement

झण्डा राखेपछि ध्वजे डाँडा थप आकर्षक देखिएको छ । नेपाल पर्यटन बोर्डको ५ लाख, साँगुरीगढी गाउँपालिकाको १ लाख २५ हजार र जनसहभागिताको ३५ हजार गरी कुल ६ लाख ६० हजारको लागतमा झण्डा राखिएको वडाध्यक्ष खड्गबहादुर लिम्बुले बताए ।

विशेषगरी बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले विभिन्न देशको झण्डा फहराइएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई बताउँछन् । उनका अनुसार ध्वजे डाँडामा विश्वभरका सबै देशको झण्डा फहराउने लक्ष्य राखिएको छ ।

मिक्लाजुङ पछि महाभारत पहाडको दोस्रो अग्लो डाँडाको रुपमा रहेको ध्बजे डाँडा समुन्द्र सतहबाट करिब २ हजार मिटरको उचाइमा छ । ध्वजे डाँडामा यसअघि भ्यूटावर पनि बनाइएको छ । सूर्योदयको उत्कृष्ट दृष्यावलोकन र हिमशृङखला हेर्न पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!