संगालोखबर सम्बाददाता

विराटनगर । शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । प्रेस चौतारी नेपाल मोरङले हरेक वर्ष प्रदान गर्दै आएको कोशी प्रदेशस्तरीय सो पुरस्कार यसवर्ष अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

Advertisement

चौतारीको वार्षिक साधारणसभाको अवसर पारेर विहीवार विराटनगरमा आयोजित कार्यक्रममा अधिकारीलाई पुरस्कृत गरियो । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे, प्रतिनिधिसभा सदस्य तथा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, चौतारी जिल्ला अध्यक्ष सुदिप कोइराला लगायतले सम्मानपत्र, दोसल्लासहित नगद २१ हजार प्रदान गरेर अधिकारीलाई पुरस्कृत गरे ।

करिब तीन दशक पत्रकारिता पेशामा संलग्न अधिकारी कान्तिपुर दैनिकको उप–सम्पादकको रुपमा कार्यरत छन् । संगालोखबर अनलाइनका सल्लाहकारसमेत रहेका अधिकारीले प्रेस चौतारी नेपालको दुई कार्यकाल केन्द्रीय समितिमा जिम्मेवारी बहन गरेका थिए ।

श्रमजीवी पत्रकारको रुपमा निरन्तरता दिएका कारण आफू सम्मानित हुन पाएको भन्दै अधिकारीले पेशागत मर्यादा र आवाज विहीनका आवाजको भूमिका निर्वाह गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!