सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–७ स्थित थाक्ले पुर्खौली घर भई हाल अमेरिका बस्दै आएका डा.जंगबहादुर थापाले स्थानीय सहिद यज्ञ प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । विद्यालयमै पुगेर थापाले १ देखि ५ कक्षासम्मका ५० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् ।

Advertisement

डा.थापासहित उनकी धर्मपत्नी मिरा, छोरी अञ्जना र नाति कृष्णले विद्यार्थीहरूलाई झोला, कपी, पेन्सिल, इरेजर लगायत शैक्षिक सामग्री प्रदान गरेका छन् । पुर्खौली थलोमा केही सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूलाई शैक्षिक सामग्री दिएको थापाले बताए ।

थापाले यसअघि पनि गाउँमा बिभिन्न सहयोग गर्दै आएका छन् । सोही विद्यालयका विद्यार्थीहरूलाई यसअघि पनि थापाले छात्रवृति र विद्यालय पोशाक प्रदान गरेको प्रधानाध्यापक मातृका सुवेदी काफ्लेले जानकारी दिइन् ।

पुर्खाले बिक्री गरेको जग्गा पुनः खरिद गरेर थापाले गाउँमा बिभिन्न सालिकहरू पनि निर्माण गरेका छन् ।

गाउँमा पर्यटकलाई आकर्षण गर्न रामकृष्ण थापाको शालिकसहित सेता बाह्र, विन्दासिनी, गणेश र सिंहको मूर्ति तथा ताल निर्माण गरिएको थापाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!