- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । विपद् व्यवस्थापनका लागि नेपाली सेनाले धनकुटा नगरपालिका–९ स्थित तमोर नदीमा पूर्वअभ्यास गरेको छ । बर्खायाममा हुने बाढी, पहिरो, कटान जस्ता विपद्का घटना व्यवस्थापनका लागि सेनाको भीमदल गण धनकुटाले पूर्वअभ्यास गरेको हो ।

मनसुनका बेला हुने प्राकृतिक विपत्तिका घटनामा प्रभावितहरूलाई तत्काल उद्धार गरी सहयोग पुर्याउने उद्देश्यले पूर्वअभ्यास गरिएको भीमदल गणका सह-सेनानी दिपेश बुढाथोकीले जानकारी दिए ।

मुलघाटस्थित विश्रान्ति मन्दिर क्षेत्रमा गरिएको पूर्वअभ्यासमा सेनासहित शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी पनि सहभागि थिए । विपद्को कृत्रिम घटना निर्माण गरी पहिरोमा परेका, बढीमा बगेका लगायत मानिसहरूलाई उद्धारको अभ्यास गरिएको थियो ।

पूर्वअभ्यासले विपतका बेला काम गर्न सहज बनाउनुका साथै सर्वसाधारणले सुरक्षित अनुभूति गर्नसक्ने अनुमान गरिएको छ । विपद्का घटनाको व्यवस्थापनका लागि सेनाले हरेक वर्ष पूर्वअभ्यास गर्ने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!