- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारका होटलमा मंगलबार छड्के अनुगमन गरिएको छ । सिधुवा बजारका ११ होटल र एउटा डोनट उद्योगमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा होटलमा म्याद गुज्रिएका पेय पदार्थ र खाद्य वस्तु फेला परेका छन् ।

Advertisement

अनुगमन टोलीले म्याद गुज्रिएका वस्तुहरू नष्ट गरेको छ । केही होटलमा राम्रो सरसफाइ नभएको देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको छ । त्यस्तै मुल्य सूची, साइनबोर्ड नभएका होटलहरुलाई सात दिन भित्र राख्न निर्देशन दिइएको थियो । व्यवसाय नवीकरण नभएकालाई पनि दश दिनभित्र नवीकरण गर्न भनिएको खाद्य निरीक्षक सुशील कोइरालाले जानकारी दिए ।

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा गरिएको अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष केदार दाहाल, खाद्य निरीक्षक कोइराला, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अंकित मंग्राती, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत अजुन कार्की, उद्योग वाणिज्य संघका नविन श्रेष्ठ लगायत सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!