संगालोखबर सम्बाददाता

संखुवासभा । बर्षासँगै आएको बाढीले बगाउँदा संखुवासभामा एक जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता भएका छन् भने तीन जना घाइते छन् । भौतिक क्षतिको विवरण संकलन भइरहेको छ ।

Advertisement

हेँवा खोलामा आएको बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन बाँकी छ । चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा पहिरोले खोला थुनिएर आएको बाढीले वितण्डा मच्चाएको हो । चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा बाढीले ठूलो क्षति पुर्याएको छ ।

हाइड्रोमा काम गर्ने १६ जना मजदुरहरू बेपत्ता छन् । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको यकिन नभएको वाना प्रहरी चौकीले जनाएको छ । पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बाढीले बगाएको छ ।

सो क्षेत्रका चार घर पनि बाढीले बगाएको छ । यता, बाह्रविसेस्थित सभा खोलाको बाढीमा दुई जना बेपत्ता भएका छन् । बाढीका कारण जिल्लाभर भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!