भेडेटारमा ट्रक पल्टिँदा पाँच घाईते
धनकुटा । भेडेटार नजिक ट्रक दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । धरानबाट धनकुटाको डाँडाबजारतर्फ जाँदै गरेको ना.७ ख.२९७ नम्बरको ट्रक दुर्घटना भएको हो ।
दुर्घटनामा परी दुई जना गंभीर घाईते भएका छन् भने तीन जनाको अवस्था सामान्य छ । इटहरी–५ का ३५ बर्षीय ट्रक चालक सुवास राई र धनकुटाको छ नं.बुधबारेका सह–चालक २५ बर्षीय सञ्जय श्रेष्ठ गंभीर घाईते भएका हुन् ।
त्यस्तै, पाँचथर दुरबिन्दा–४ का ६४ बर्षीया ...




























