मोरङ, सुनसरी र झापामा भन्सार छलेर ल्याएको १४ लाखको सामान बरामद

मोरङ, सुनसरी र झापामा भन्सार छलेर ल्याएको १४ लाखको सामान बरामद

बिराटनगर । मोरङ, सुनसरी र झापामा भन्सार छलेर ल्याएको १४ लाख ६० हजार मूल्य बराबरको सामान प्रहरीले सोमबार बरामद गरेको छ । मोरङबाट ११ लाख, सुनसरीबाट ३ लाख र झापाबाट ६० हजार मूल्य बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका प्रहरी टोलीले ११ लाख मूल्य बराबरको पटका, खाधान्न तथा लत्ता कपडा बरामद गरेको छ । भारतीय सीमा क्षेत्रहरुमा खटिएको प्रहरी टोली तथा विशेष सुरा...
बिराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

बिराटनगर । बिराटनगर–१६ स्थित दरैयाबाट लागुऔषधसहित मंगलबार बिहान दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१५ रानीका ३१ बर्षीय शम्भु साह र ३० बर्षीय बिकी राई छन् । विहान करिव साढे चार बजे विशेष सुराकीका आधारमा खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान समुहको टोलीले उनीहरुलाई प्रक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट ६२ बोतल डाईलेक्स डिसी, १८७ ट्याब्लेट नाईट्रोजन र २३८...
उदयपुरमा पौडी खेल्दा डुबेर बालकको मृत्यु

उदयपुरमा पौडी खेल्दा डुबेर बालकको मृत्यु

उदयपुर । पौडी खेल्ने क्रममा डुबेर उदयपुरका एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा चौदण्डिगढी–१० देबधारका ९ बर्षीय बिक्रम चौधरी छन् । सोमबार अपरान्ह ४ बजे देबधार खोलामा पौडी खेल्ने क्रममा डुब्दा उनको मृत्यु भएको हो । बालकको मृत्यु भएपछि आफन्तले गएराती ईलाका प्रहरी कार्यालय बेल्टारमा खबर गरेका थिए । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
काकाको हत्या गरेर भागेका भतिज छ महिनापछि पक्राउ

काकाको हत्या गरेर भागेका भतिज छ महिनापछि पक्राउ

ओखलढुङ्गा । आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टङ्कबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका छोरा ४६ वर्षीय इन्द्रबहादुरलाई पक्राउ गरेको हो । गत वैशाख २१ गते पोखरा–२० स्थित जङ्गल छेउमा रहेको पाल तथा स्याउलाले बनाएको छाप्रोमा त...
प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने

प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिए। ‘यो महामारीमा सबै नागरिक समस्यामा छन्। हामी प्रदेश सरकार सुरुदेखि नै यो महामारी नियन्त्रणमा खटिएका छौं’, मन्त्री घिमिरेले भने, ‘अब पनि कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क नै हुन्छ। यसमा ...
धनकुटामा दशैं लक्षित निषेधाज्ञा जारी

धनकुटामा दशैं लक्षित निषेधाज्ञा जारी

धनकुटा । जिल्ला प्रशासन कार्यालयले दशैंलाई लक्षित गर्दै धनकुटामा १२ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले सोमबार निषेधाज्ञा आदेश जारी गरेका हुन् । यसअघिको भन्दा केही खुकुलो प्रावधानसहित जारी भएको निषेधाज्ञा कात्तिक १५ गतेसम्म जारी रहनेछ । निषेधाज्ञा अवधिमा धनकुटा जिल्लाभर बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत निषेध गरिएको छ । तर, राजमार्गमा चल्ने लामो...
प्रदेश १ सरकारलाई युएनडीपीले दियो ७५ लाखको सामाग्री

प्रदेश १ सरकारलाई युएनडीपीले दियो ७५ लाखको सामाग्री

विराटनगर । युएनडीपीले प्रदेश १ सरकारलाई ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरिएको हो । युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायत सामाग्री हस्तान्तरण गरे...
इटहरी प्रहरीले फेला पार्यो ३८ थान हराएका मोवाइल

इटहरी प्रहरीले फेला पार्यो ३८ थान हराएका मोवाइल

सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीले ३८ थान हराएका मोवाइल फेला पारेको छ । मोवाइल फेला परेर प्रहरीले सोमबार सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरेको हो । मोवाइल हराएपछि मोवाइल धनीहरुले प्रहरीमा उजुरी गरेका थिए । सोही आधारमा खोजतलास गरी प्रहरीले गत महिनादेखि हालसम्म करिव १८ लाख ५५ हजार ८ सय मूल्य बराबरका ३८ थान मोवाइल सेट फेला परेर सम्बन्धित धनीलाई बुझाएको हो । ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर...
धनकुटाको महालक्ष्मीका बर्षा प्रभावितले पाए राहत

धनकुटाको महालक्ष्मीका बर्षा प्रभावितले पाए राहत

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका क्षेत्रका बर्षा प्रभावितहरुलाई राहत सामाग्री प्रदान गरिएको छ । नगरपालिकाको केन्द्र जितपुरमा कार्यक्रम आयोजना गरी नगरक्षेत्रका ३७ परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । केही साता अघिको अबिरल बर्षाका कारण घर पूर्ण क्षति भएकाहरुलाई राहत सामाग्री वितरण गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिए । बर्षाका कारण घर भत्किएका तथा बाढी पहिर...
ताप्लेजुङमा हिउँचितुवा अनुसन्धान केन्द्र बन्दै

ताप्लेजुङमा हिउँचितुवा अनुसन्धान केन्द्र बन्दै

ताप्लेजुङ । ताप्लेजुङको कञ्जनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । फक्ताङलुङ गाउँपालिका–६ स्थित समुन्द्र सतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित खम्बाचेनमा निर्माण भइरहेको भवनको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ । सो केन्द्र यस आर्थिक वर्षसम्ममा भौतिक संरचनाको काम सम्पन्न गर्ने गरी काम भइरहेको कञ्जनजङ्घ...
धनकुटाका एक शिक्षकमा कोरोना देखिँदा ३५ विद्यालयले दशैंको मौकामा पाए १३ दिन बिदा

धनकुटाका एक शिक्षकमा कोरोना देखिँदा ३५ विद्यालयले दशैंको मौकामा पाए १३ दिन बिदा

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका एक शिक्षकमा कोरोना संक्रमण देखिँदा गाउँपालिकाले सो क्षेत्रका ३५ विद्यालयलाई १३ दिन विदा दिएको छ । छथर जोरपाटी–१ हात्तिखर्कस्थित भारती माध्यमिक विद्यालयका शिक्षकमा कोरोना संक्रमण देखिएको कारण देखाउँदै गाउँपालिकाले २६ सरकारीसहित ३५ विद्यालयलाई दशैंको मौकामा बिदा बढाईदिएको हो । शनिवार संक्रमण पुष्टि भएका ती शिक्षकले असोज २२ गतेसम्म विद्यालयमा उपस्थित भएर ...
प्रदेश १ का थप ४६१ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ का थप ४६१ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ का थप ४६१ जनामा आईतबार कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका २६५, सुनसरीका ९३, झापाका ५६, उदयपुरका २९, इलामका ७, संखुवासभाका ५, भोजपुरका २ तथा धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गाका १–१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मनत्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५० महिला र १०४ पुरुष छन् । मोरङको सुन्दरहरैचामा...
कोरोना संक्रमितको उपचार खर्च सरकारले नबेहोर्ने, आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने

कोरोना संक्रमितको उपचार खर्च सरकारले नबेहोर्ने, आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने

काठमाडौं । अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार खर्च नबेहोर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको निर्णय सुनाउँदै अब आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्ने बताए । ‘आर्थिक रुपले बिपन्न, असक्त तथा असहाय ...
धनकुटामा मन्दिर दर्शनका लागि जान निषेध

धनकुटामा मन्दिर दर्शनका लागि जान निषेध

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले दशैंमा मन्दिर तथा शक्तिपिठमा दर्शनका लागि जान निषेध गरेको छ । प्रशासनले सूचना जारी गर्दै कोरोनाको संक्रमण फैलनसक्ने भएकाले मन्दिरमा दर्शन गर्न जान निषेध गरेको हो । दशैंमा मन्दिर तथा शक्तिपिठहरुमा सर्वसाधरणको भीड बढ्ने भएकाले दर्शनका लागि जान निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘शक्तिपिठ तथा मन्दिरहरुका साथै स्थापना गरिने दुर्गा भगवतीको पण्...
खनारमा करेन्ट लागेर एक जनाको मृत्यु

खनारमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको दुहबी–२ खनारमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर खनारका ४५ बर्षीय शिव नारायण चौधरीको मृत्यु भएको हो । विहान करिव ११ बजे घरको ईटा जोड्ने क्रममा नजिकै रहेको बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा चौधरी वेहोस भएका थिए । वेहोस भएका चौधरीको बिराट टिचिङ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनी घर बनाउने मिस्त्री काम गर्दै आए...
उदयपुरमा स्कारपियो दुर्घटना हुँदा दशैं मनाउँन आएका पाँच जनाको मृत्यु, तीन घाइते

उदयपुरमा स्कारपियो दुर्घटना हुँदा दशैं मनाउँन आएका पाँच जनाको मृत्यु, तीन घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ स्थित भदौरे भीरमा गएराती स्कारपियो पल्टिँदा दशैं मनाउँन आउँदै गरेका पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२० प.७१७१ नम्बरको स्कारपियो राती करिब १ बजे सिद्धिचरण लोकमार्गस्थित भदौरे भीरमा दुर्घटना भएको हो । दुर्घटनामा परी ओखलढुंगा मानेभञ्ज्याङ–९ माधवपुरका ४६ बर्षीय रामबहादुर सार्की, ४० बर्षीय ख...
धनकुटामा बलात्कारको प्रतिकार गर्ने महिलाबिरुद्ध मुद्दा दर्ता

धनकुटामा बलात्कारको प्रतिकार गर्ने महिलाबिरुद्ध मुद्दा दर्ता

धनकुटा । आफुमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेकी कमला गुरुङबिरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । ३० बर्षीय कमलाबिरुद्ध प्रहरीले जिल्ला अदालत धनकुटामा कर्तब्य ज्यान मुद्दा दर्ता गरेको हो । गत मंगलबार राती १० बजे घरको ढोका फुटाई भित्र प्रवेश गरेर आफुमाथि बलात्कार प्रयास गरेको भन्दै कमलाले स्थानीय ३० बर्षीय लीलबहादुर गुरुङमाथि खुकुरी प्रहार गरेक...
चौबिसे गाउँपालिकाले गाउँ–गाउँबाट सुझाव संकलन गर्ने

चौबिसे गाउँपालिकाले गाउँ–गाउँबाट सुझाव संकलन गर्ने

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले गाउँ–गाउँबाट नागरिकको सुझाव संकलन गर्ने भएको छ । गाउँपालिका र न्यायिक समितिले प्रदान गरेको सेवा प्रवाहमाथि नागरिकको गुनासो सुनुवाई गर्न न्यायिक समितिले सुझाव संकलन गर्न लागेको हो । यसका लागि गाउँ–गाउँमा सुझाव पेटिका वितरण गरिएको छ । गाउँपालिका र न्यायिक समितिले सम्पादन गरेका कामको विषयमा गाउँपालिकाबासीको कुनै गुनासोहरु भए सुझाव दिनका लागि नागरिकहरुलाई सहज ब...
इटहरीका चार मासु पसल शिल

इटहरीका चार मासु पसल शिल

इटहरी । मासु पसलमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पालना गर्न अटेर गर्ने इटहरीका चार वटा पसललाई अनुगमन टोलीले शिल गरेको छ । इटहरी उपमहानगर उपभोक्ता हित तथा संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा शनिवार विहान भएको वजार अनुगमनका क्रममा बीपी चौक जाने सडक छेउका मासु पसल शिल गरिएको हो । गत असोज २५ गतेको अनुगमनका क्रममा ती पसलहरुलाई मापदण्ड पालना नगरेको भेटिएको थियो । त्यसपछि अनुगमन टो...
धनकुटाका नेकपा नेता भण्डारीसहित चार जनाले दिए गाउँपालिकालाई एम्बुलेन्स

धनकुटाका नेकपा नेता भण्डारीसहित चार जनाले दिए गाउँपालिकालाई एम्बुलेन्स

धनकुटा । नेकपाका केन्द्रिय सदस्य एवं धनकुटा ईन्चार्ज हेमराज भण्डारीसहित चार जनाले धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेका छन् । नेता भण्डारीसहित चौबिसे–३ का पूर्ण लिम्बु, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गरेका हुन् । चौबिसेको कुरुलेतेनुपा घर भएका नेता भण्डारी संबिधानसभा सदस्यसमेत हुन् । भण्डारीसहित, लिम्बु, राई र बराईली पनि काठमाड...
धनकुटामा नातीले कुट्दा हजुरबुबाको मृत्यु

धनकुटामा नातीले कुट्दा हजुरबुबाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकामा नातीको कुटाईबाट हजुरबुबाको मृत्यु भएको छ । सहिदभूमी गाउँपालिका–१ कोलबोटेका २७ बर्षीय अबिनास राईले कुटपिट गर्दा उनका ९० बर्षीय हजुरबुबा फत्तबहादुर राईको मृत्यु भएको हो । नातीको कुटाईबाट घाईते भएका फत्तबहादुरको शुक्रबार मृृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । मादक पदार्थ सेवन गरेका अबिनासले गत सोमबार हजुरबुब...
प्रदेश १ मा थपिए ४५६ कोरोना संक्रमित, २२१ डिस्चार्ज

प्रदेश १ मा थपिए ४५६ कोरोना संक्रमित, २२१ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार ४५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २/२ तथा भोजपुर र ताप्लेजुङमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ८५ पुरुष छन् । मोरङको सुन्दरहरैंचामा १३, उर्लाबा...
भारतसँग सीमा जोडिएको झापाको ११ स्थानमा राखियो बोर्डर आउट पोस्ट

भारतसँग सीमा जोडिएको झापाको ११ स्थानमा राखियो बोर्डर आउट पोस्ट

झापा  । भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको जनाएको छ । मेचीनगर–१५ स्थित ज्यामिरगढीमा ११औँ बिओपीको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बलका प्रदेश नं १ प्रमुख वंशीधर दाहालले सीमाको सुरक्षालाई कसिलो र अपराध नियन्त्रण गर्न हरेक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापनाको लक्ष...
नगर प्रमुख सुवेदीद्वारा घरमै पुगेर ह्वीलचियर वितरण

नगर प्रमुख सुवेदीद्वारा घरमै पुगेर ह्वीलचियर वितरण

बेलबारी । मोरङको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले अपांगता भएका ब्याक्तिहरुलाई घर घरमै पुगेर ह्वीलचियर बितरण गरेका छन् । बेलबारी–८ का पदम बिष्ट र बेलबारी–३ का पदम श्रेष्ठको घरमै पुगेर नगर प्रमुख सुवेदीले उनीहरुलाई ह्वीलचियर प्रदान गरेका हुन् । अपांगता भएका बिष्ट बेलबारी–८ को रणपाल आधारभूत विद्यालयका शिक्षक हुन् । उनी श्रीमती अस्मिताको सहारामा बिद्यलाय जाँने आउँने गर्छन् । थोत्रो ह...
प्रदेश १ मा एकैदिन ९ कोरोना संक्रमितको मृत्यु, थपिए ६३० संक्रमित

प्रदेश १ मा एकैदिन ९ कोरोना संक्रमितको मृत्यु, थपिए ६३० संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीका ५ तथा मोरङ र तेह्रथुमका २/२ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म १२२ संक्रमितको मृत्यु भईसकेको छ । यसैबीच, प्रदेश १ मा बिहिबार ६३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा ३२६, सुनसरीमा २०९, झापामा ७...
खनारमा म्याद गुज्रिएका सामान बिक्री गरेको भेटियो

खनारमा म्याद गुज्रिएका सामान बिक्री गरेको भेटियो

इटहरी । खनार वजारमा म्याद गुज्रिएका सामाग्री वेच्न राखेको पाइएको छ । इटहरी उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । म्याद गुज्रिएको सामान बेच्ने एउटा किराना पसललाई अनगुमन टोलीले सिल गरेको छ । इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतम नेतृत्वको टोलीले बजारका ८ वटा किराना पसल अनुगमन गरेको थियो । सो क्रममा चार वटा किराना पसलमा म्याद गुज्रिएका समान ब...
ताप्लेजुङमा सर्पको बिगबिगी, झारफुक गर्दागर्दै जान्छ ज्यान

ताप्लेजुङमा सर्पको बिगबिगी, झारफुक गर्दागर्दै जान्छ ज्यान

ताप्लेजुङ । फक्तताङलुङ गाउँपालिका–५ तापेथोककी धनमाया मावो घर नजिकैको सुँगुरको खोरमा झार उखेल्दै थिइन् । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । उनलाई भने सुँगुरको खोर वरपर सफा गरिसक्ने हतारो थियो । सोही क्रममा झारमा लुकेर बसेको सर्पले धनमायाको हातमा डस्यो । छिमेकी राम लिम्बूका अनुसार गत असार २८ गते दिउँसो सर्पले डसेको हो । श्रीमान् बुद्धपाल लिम्बूले दुई घण्टा पैदल टाढाबाट धामी (फेदाङ्वा) बोलाए...
झापामा गाँजा खान नदिँदा बन्चरोले हानेर साथीको हत्या

झापामा गाँजा खान नदिँदा बन्चरोले हानेर साथीको हत्या

झापा । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो । बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको...
तेह्रथुमका कोरोना संक्रमित पुरुषको मृत्यु

तेह्रथुमका कोरोना संक्रमित पुरुषको मृत्यु

तेह्रथुम । तेह्रथुमका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दाङ्पा–१ का ४९ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । धनकुटा जिल्ला अस्पतालले रेफर गरेर पठाएका उनलाई आईतबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा सोमबार उनमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानको ईमर्जेन्सीमा उपचारका क्रममा बुधबार ...
धनकुटामा मध्यराती ढोका फुटाएर महिलामाथि बलात्कार प्रयास, प्रतिकार गर्दा युवाको मृत्यु

धनकुटामा मध्यराती ढोका फुटाएर महिलामाथि बलात्कार प्रयास, प्रतिकार गर्दा युवाको मृत्यु

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेमा एक महिलाले आफुमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी छन् । घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् । लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाईएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । ‘राती ढोका फुटाएर आफुमाथि बलात्क...
प्रदेश १ मा थपिए ४३६ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ४३६ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा बुधबार ४३६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १/१ कोरोना संक्रमित थपिएका हुन् । सुनसरीको धरानमा ११४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ६५ पुरुष छन् । इनरुवाका ४८, इटहरीका १९, दुहवीका ८, बराहक्षेत्र र बर्जुका २/२, रामधुनी र हरिनगरका १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको हो । ...
error: Content is protected !!