- गोमा ढुंगाना/संगालोखबर

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीका ५ तथा मोरङ र तेह्रथुमका २/२ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म १२२ संक्रमितको मृत्यु भईसकेको छ । यसैबीच, प्रदेश १ मा बिहिबार ६३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा ३२६, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङमा २/२ जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार विराटनगरमा २२५ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १०० महिला र १२५ पुरुष छन् । मोरङको सुन्दरहरैंचामा २५, पथरीशनिश्चरेमा १५, कानेपोखरी र बुढीगंगामा १३/१३, बेलबारीमा १०, रतुवामाईमा ७, कटहरीमा ६, ग्रामथानमा ४, धनपालथान र रंगेलीमा २/२, केराबारी र उर्लाबारीमा १/१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको छ । यता, सुनसरीको धरानमा १३२, इटहरीमा ४८, बराहक्षेत्रमा ८, दुहवी र इनरुवामा ४/४, बर्जु, रामधुनी र गढीमा ३/३, हरिनगरमा २, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पनि पोजिटिभ आएको छ । झापाको विर्तामोडमा ३१, भद्रपुरमा ११, दमक र अर्जुनधारामा ९/९, बुद्धशान्तिमा ४, कनकाईमा ३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ ।

संखुवासभाको खाँदबारीमा ९, उदयपुरको चौदण्डीगढीमा ४, भोजपुरमा २, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १/१, इलामको देउमाई र स्थानीय तह नखुलेका १/१, ताप्लेजुङको श्रीजंगा र फुङलिङमा १/१ जना संक्रमित भएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ । जसमध्ये ५ हजार ३३९ जना निको भएका छन् । बिहिबार पनि प्रदेश १ का ३२६ जना कोरोना संक्रमित निको भएका छन् । होमआईसोलेसनबाट ३०४ जना कोरोनामुक्त भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कोभिड १९ अस्पताल गोठगाउँबाट ९ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!