- संगालोखबर सम्वाददाता

विराटनगर । युएनडीपीले प्रदेश १ सरकारलाई ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरिएको हो ।

Advertisement

युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायत सामाग्री हस्तान्तरण गरेको छ ।

युएनडीपी प्रदेश १ र २ का कार्यालय प्रमुुख धनबहादुुर चन्दले सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामाग्री ग्रहण गर्दै सामाजिक विकासमन्त्री घिमिरेले विराटनगरस्थित कोभिड अस्पतालको क्षमता विस्तार गर्न लागेको बताए ।

कोभिड अस्पतालमा वेड विस्तारसहित थप १५ वटा भेन्टिलेटर जडान गर्न लागिएको हो । महानगरपालिकाले निजि स्तरको सहयोगमा अक्सिजनसहित एक सय वेडको अस्पताल संचालनको तयारी गरिरहेको महानगर प्रमुुख भीम पराजुुलीले जानकारी दिए । युएनडीपीबाट प्राप्त सामाग्रीले पीसीआर परीक्षणमा सहयोग पुग्ने कोशी अस्पतालका मेडिकल सुुपरिटेन्डेन्ट डा.चुुमनलाल दास बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!