- संगालोखबर सम्वाददाता

सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीले ३८ थान हराएका मोवाइल फेला पारेको छ । मोवाइल फेला परेर प्रहरीले सोमबार सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरेको हो ।

Advertisement

मोवाइल हराएपछि मोवाइल धनीहरुले प्रहरीमा उजुरी गरेका थिए । सोही आधारमा खोजतलास गरी प्रहरीले गत महिनादेखि हालसम्म करिव १८ लाख ५५ हजार ८ सय मूल्य बराबरका ३८ थान मोवाइल सेट फेला परेर सम्बन्धित धनीलाई बुझाएको हो ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर शाखा स्थापना भएदेखि हालसम्म बिभिन्न ब्राण्डका ३ सय ३४ थान मोवाइल फेला पारेर सम्बन्धीत धनीलाई बुझाइएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!