- सन्तोष रुचाल/संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले गाउँ–गाउँबाट नागरिकको सुझाव संकलन गर्ने भएको छ । गाउँपालिका र न्यायिक समितिले प्रदान गरेको सेवा प्रवाहमाथि नागरिकको गुनासो सुनुवाई गर्न न्यायिक समितिले सुझाव संकलन गर्न लागेको हो । यसका लागि गाउँ–गाउँमा सुझाव पेटिका वितरण गरिएको छ ।

गाउँपालिका र न्यायिक समितिले सम्पादन गरेका कामको विषयमा गाउँपालिकाबासीको कुनै गुनासोहरु भए सुझाव दिनका लागि नागरिकहरुलाई सहज बनाउँन सबै वडामा सुझाव पेटिका वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । उनले भने–‘भौगोलिक विकटताका कारण कतिपय नागरिकहरुले गाउँपालिका वडा न्यायिक समितिसम्म पुगेर आफ्नो गुनासो राख्न सक्दैनन् । त्यसैले गुनासो वा सुझाव भए सम्बन्धित वडामा राखिएको सुझाव पेटिकामार्फत पठाउन सक्ने व्यवस्था मिलाईएको हो ।’

नागरिकहरुबाट आएको सल्लाह, सुझावको आधारमा आगामी दिनमा नीति तथा कार्यक्रमहरु तय गर्ने गाउँपालिकाको योजना छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!