- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा शुक्रबार ४५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २/२ तथा भोजपुर र ताप्लेजुङमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार विराटनगरमा १३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ८५ पुरुष छन् । मोरङको सुन्दरहरैंचामा १३, उर्लाबारीमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ७, ग्रामथानमा ५, केराबारीमा ३, बुढीगंगा, लेटाङ, कानेपोखरी र धनपालथानमा २/२, कटहरी, रंगेली र रतुवामाईमा १/१ र स्थानीय तह नखुलेका ११ जनाको रिपोर्ट पोजिटिभ आएको छ । सुनसरीको धरानमा १०८, इटहरीमा ६५, दुहवीमा ६, बराहक्षेत्रमा ५, बर्जु र रामधुनीमा ३/३, गढी र इनरुवामा २/२, देवानगञ्ज र कोशी गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको छ ।

यता, झापाको विर्तामोडमा ८, भद्रपुरमा ६, दमकमा ४, अर्जुनधारामा ३, बुद्धशान्ति र गौरादहमा २/२, शिवसताक्षी, कनकाई, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण पुष्टि भएको छ । तेह्रथुमको म्याङलुङमा २, लालीगुराँसमा १, स्थानीय तह नखुलेका ४, उदयपुरको त्रियुगामा ३ र बेलकामा १, इलामको माई, देउमाई र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै, धनकुटाका २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संखुवासभाको खाँदबारी र सभापोखरीमा १/१, भोजपुरको षडानन्दमा १ र ताप्लेजुङको आठराई त्रिवेणीमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार ७०२ पुगेको छ । जसमध्ये ५ हजार ५६१ जना निको भएका छन् । शुक्रबार पनि प्रदेश १ का २२१ जना कोरोना संक्रमित निको भएका छन् । होमआईसोलेसनमा रहेका २०९ जना कोरोनामुक्त भएका छन् । त्यस्तै न्युरो अस्पतालबाट १२ जना डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!