- संगालोखबर सम्वाददाता

इटहरी । मासु पसलमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पालना गर्न अटेर गर्ने इटहरीका चार वटा पसललाई अनुगमन टोलीले शिल गरेको छ । इटहरी उपमहानगर उपभोक्ता हित तथा संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा शनिवार विहान भएको वजार अनुगमनका क्रममा बीपी चौक जाने सडक छेउका मासु पसल शिल गरिएको हो ।

Advertisement

गत असोज २५ गतेको अनुगमनका क्रममा ती पसलहरुलाई मापदण्ड पालना नगरेको भेटिएको थियो । त्यसपछि अनुगमन टोलीले खुल्ला रुपमा मासु नवेच्न र ३ दिन भित्रमा जाली लगाउन निर्देशनसहितको पत्र दिएको थियो । तर, पुनः अनुगमन गर्दा पनि जाली लगाएको नपाइएपछि पसलमा ताला लगाइएको उपभोक्ता हित तथा संरक्षण शाखाका प्रमुख नोवल किशोर भट्टराईले जानकारी दिए ।

विगत दुई बर्षदेखि अनुगमनका क्रममा ती पसलहरुलाई न्यूनतम मापदण्ड पालना गर्न सुझाव दिईएको भएपनि अटेर गरेको उपमेयर गौतमले बताईन् । शनिवार सात वटा मासु पसलको अनुगमन गरिएको छ । बाँकी पसललाई तीन दिन भित्र सुधार गर्न पत्र दिइएको छ । पुनः अनुगमनका क्रममा सुधार नगरेको पाईए शिल गरिने उपमेयर गौतमले चेतावनी दिएकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!