- संगालोखबर सम्वाददाता

बिराटनगर । मोरङ, सुनसरी र झापामा भन्सार छलेर ल्याएको १४ लाख ६० हजार मूल्य बराबरको सामान प्रहरीले सोमबार बरामद गरेको छ । मोरङबाट ११ लाख, सुनसरीबाट ३ लाख र झापाबाट ६० हजार मूल्य बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका प्रहरी टोलीले ११ लाख मूल्य बराबरको पटका, खाधान्न तथा लत्ता कपडा बरामद गरेको छ । भारतीय सीमा क्षेत्रहरुमा खटिएको प्रहरी टोली तथा विशेष सुराकका आधारमा मोरङको कटहरी–४ लोहन्द्रा घाटमा खटिएको प्रहरी टोलीले १ लाख ८० हजार बराबरको पटका, ७ लाख बराबरको लत्ता कपडा तथा २ लाख २० हजार बराबरको खाधान्न बरामद गरेको हो ।

बरामद सामान विराटनगर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तैगरी जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतबाट सीमा क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले ३ लाख बराबरको पटका तथा खाधान्न बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ६० हजार रुपैयाँ बराबरको भन्सार छली गरी ल्याएका खाधान्न सामान बरामद गरेको छ । उक्त सामान पनि भन्सार कार्यालयमा बुझाईएको सुनसरी प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!