- संगालोखबर सम्बाददाता

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ स्थित भदौरे भीरमा गएराती स्कारपियो पल्टिँदा दशैं मनाउँन आउँदै गरेका पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

Advertisement

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२० प.७१७१ नम्बरको स्कारपियो राती करिब १ बजे सिद्धिचरण लोकमार्गस्थित भदौरे भीरमा दुर्घटना भएको हो । दुर्घटनामा परी ओखलढुंगा मानेभञ्ज्याङ–९ माधवपुरका ४६ बर्षीय रामबहादुर सार्की, ४० बर्षीय खड्गबहादुर सार्की, ३५ बर्षीया नरिमाया सार्की, २७ बर्षीय कर्मे भन्ने कर्ण बहादुर सार्की र उदयपुर कटारी नगरपालिका ८ शिरिसेका ३० बर्षीय महेशबहादुर बि.क. को मृत्यु भएको हो ।

स्कारपियो सडकबाट करिब ९ सय मिटर तल खस्दा पाँचै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

स्कारपियो चालक रुपन्देहीका २८ बर्षीय पवन खड्का, स्कारपियोमा सवार मानेभञ्ज्याङका १८ बर्षीया कल्पना सार्की र ३१ बर्षीया कुमारी सार्की घाइते भएका छन् । घाईते चालक खड्का र कल्पनालाई थप उपचारका लागी बिराटनगर पठाईएको छ । कुमारीको कटारी अस्पतालमा उपचार भईरहेको छ ।

भारतमा रहेका उनीहरु दशैं मनाउँन घर फर्किने क्रममा भैरहवास्थित क्वारेनटाईनमा बसेका थिए । क्वारेनटाईन अवधि पुरा भएपछि गाडी रिजर्भ गरेर घर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!