- संगालोखबर सम्बाददाता

धनकुटा । जिल्ला प्रशासन कार्यालयले दशैंलाई लक्षित गर्दै धनकुटामा १२ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले सोमबार निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

Advertisement

यसअघिको भन्दा केही खुकुलो प्रावधानसहित जारी भएको निषेधाज्ञा कात्तिक १५ गतेसम्म जारी रहनेछ । निषेधाज्ञा अवधिमा धनकुटा जिल्लाभर बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत निषेध गरिएको छ । तर, राजमार्गमा चल्ने लामो दुरी र अत्यावश्यक सेवाका सवारी भने चल्न पाउँनेछन् । चाडपर्वको अवसरमा सामुहिक रुपमा भेला भई शुभकामना आदानप्रदान कार्यक्रम गर्न पाईनेछैन ।

सामुहिक रुपमा कार्यक्रम आयोजना गरी हुने प्रशिक्षण, सभा, सम्मेलन पनि निषेध गरिएको छ । त्यस्तै, जिल्लाभरका कुनैपनि शक्तिपीठ, मन्दिर, मस्जिद, चर्च, गुम्वा लगायतमा सामुहिक रुपमा भेला जम्मा भई पूजापाठ, प्राथना, भजन किर्तन, कलश जात्रा आदी गर्न पनि प्रतिबन्ध लगाईएको छ । तर, ती धार्मिक स्थलहरुमा दैनिक रुपमा गरिने नित्य पूजापाठ र प्राथना गर्न भने पाईनेछ ।

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने प्रशासनले चेतावनीसमेत दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!