संगालोखबर सम्वाददाता

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले दशैंमा मन्दिर तथा शक्तिपिठमा दर्शनका लागि जान निषेध गरेको छ । प्रशासनले सूचना जारी गर्दै कोरोनाको संक्रमण फैलनसक्ने भएकाले मन्दिरमा दर्शन गर्न जान निषेध गरेको हो ।

Advertisement

दशैंमा मन्दिर तथा शक्तिपिठहरुमा सर्वसाधरणको भीड बढ्ने भएकाले दर्शनका लागि जान निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘शक्तिपिठ तथा मन्दिरहरुका साथै स्थापना गरिने दुर्गा भगवतीको पण्डालमा सर्वसाधरणको भीड अत्याधिक हुने भएकाले कोरोना संक्रमण फैलने जोखिमलाई मध्यनजर गर्दै सवै नगरपालिका/गाउँपालिका तथा वडाहरुमा रहेका शक्तिपिठ तथा मन्दिरहरुमा नित्य पुजाबाहेक दर्शनका लागि मन्दिरहरुमा आवत जावत गर्न निषेधाज्ञा जारी गरिएको छ ।’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रशासनका अनुसार दर्शनका लागि मन्दिर जान निषेध गरिएको भएपनि पुजापाठ गर्न जान भने पाईनेछ । मन्दिर दर्शनमा प्रतिबन्ध लगाउँन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाएको थियो । सोही आधारमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले धनकुटामा पनि दर्शनका लागि मन्दिर जान निषेध गर्ने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!