- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा मंगलबार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ६८२ जनाको पीसीआर परीक्षण गर्दा ३४८ महिला र ५२२ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

Advertisement

दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै धेरै हो । सुनसरीमा ४४९, मोरङमा ३३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र तेह्रथुममा २/२ तथा धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १/१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३६५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा १६५ महिला र २०० पुरुष छन् । सुनसरीकै इटहरीमा ५३, बराहक्षेत्रमा १२, इनरुवामा १०, रामधुनी र दुहवीमा ३/३, गढी, हरिनगर र बर्जुमा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ । मोरङको विराटनगरमा २३२, सुन्दरहरैचामा २२, पथरीशनिश्चरेमा १७, बुढीगंगामा १२, रंगेलीमा १०, धनपालथानमा ८, बेलबारीमा ६, ग्रामथानमा ५, जहदा र केराबारीमा ४/४, उर्लाबारी र कानेपोखरीमा ३/३, लेटाङ, कटहरी र मिक्लाजुङमा २/२, सुनबर्षीमा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यता, झापाको विर्तामोडमा ११, मेचीनगर र भद्रपुरमा ४/४, दमक र हल्दीबारीमा ३/३, कमल, बुद्धशान्ति, शिवसताक्षी र अर्जुनधारामा २/२, बाह्रदशी र गौरादहमा १/१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ । इलामको चुलाचुलीमा ७, फाकफोकथुममा २ र सुर्योदयमा १, उदयपुरको कटारीमा ५, त्रियुगा र उदयपुरगढीमा १/१, सोलुखुम्वुको सोलुदुधकुण्डमा ६, संखुवासभाको मकालु र सिलिचोङमा १/१, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

त्यस्तै धनकुटाका १ जनामा संक्रमण पुष्टि भएको छ । खोटाङ, पाँचथरको फिदिम र ताप्लेजुङको फुङलिङमा पनि १/१ जना संक्रमित भएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १४ हजार ८५८ पुगेको छ । जसमध्ये ६ हजार १८४ जना निको भएका छन् । मंगलबार पनि १४७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १०३ जना कोरोनामुक्त भएका छन् । होटल एशियाटिक आईसोलेसनबाट ३६ र मेची अस्पतालबाट ८ जना डिस्चार्ज भएका छन् ।

यसैबीच, पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीका ४ पुरुष, झापाका १ महिला १ पुरुष र मोरङका २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा मृत्यु हुँने कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!