- संगालोखबर सम्बाददाता

बेलबारी । मोरङको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले अपांगता भएका ब्याक्तिहरुलाई घर घरमै पुगेर ह्वीलचियर बितरण गरेका छन् । बेलबारी–८ का पदम बिष्ट र बेलबारी–३ का पदम श्रेष्ठको घरमै पुगेर नगर प्रमुख सुवेदीले उनीहरुलाई ह्वीलचियर प्रदान गरेका हुन् ।

अपांगता भएका बिष्ट बेलबारी–८ को रणपाल आधारभूत विद्यालयका शिक्षक हुन् । उनी श्रीमती अस्मिताको सहारामा बिद्यलाय जाँने आउँने गर्छन् । थोत्रो ह्वीलचियरमा आवतजावत गर्दै आएको अवस्थामा नगर प्रमुख सुवेदी घरमै आएर नयाँ ह्वीलचियर प्रदान गर्दा धेरै खुशी लागेको पदमकी श्रीमती अस्मिताले सुनाईन् ।

यता, ह्वीलचियरमै बसेर काठका सामाग्री बनाउँदै आएका बेलबारी–३ का ५४ वर्षीय श्रेष्ठलाई पनि नगर प्रमुख सुवेदीले घरमै पुगेर ह्वीलचियर वितरण गरेका छन् । यसअघि पनि नगर प्रमुख सुवेदीले श्रेष्ठको घरमै पुगेर मोटर ड्रिल मेसिन, भ्याक्सो मेसिन, प्लेञ्जो मेसिन लगायत उपकरण प्रदान गरेका थिए । उनी अपांगता भएर पनि रोटीमेकर, ऐनाहरू, हातेपंखा, मदानी, तराजु, मोवाइल स्टेन, लगायत सामाग्री बनाएर बिक्री गरी परिवारको सहारा बनिरहेका छन् ।

अपांगता भएका ब्याक्तिहरुलाई भित्र बाहिर गर्न र काम गर्न सहज होस् भनेर ह्वीलचियर वितरण गरिएको नगर प्रमुख सुवेदीले बताए । उनका अनुसार बेलबारी नगर क्षेत्र भित्रका अपांगता भएका अन्य ब्यक्तिहरुलाई पनि आवश्यकता अनुसार ह्वीलचियर तथा सहायक सामाग्री बितरण गर्ने नगरको योजना छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!