संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

उदयपुर । पौडी खेल्ने क्रममा डुबेर उदयपुरका एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा चौदण्डिगढी–१० देबधारका ९ बर्षीय बिक्रम चौधरी छन् ।

सोमबार अपरान्ह ४ बजे देबधार खोलामा पौडी खेल्ने क्रममा डुब्दा उनको मृत्यु भएको हो । बालकको मृत्यु भएपछि आफन्तले गएराती ईलाका प्रहरी कार्यालय बेल्टारमा खबर गरेका थिए ।

Advertisement

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!