संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकामा नातीको कुटाईबाट हजुरबुबाको मृत्यु भएको छ । सहिदभूमी गाउँपालिका–१ कोलबोटेका २७ बर्षीय अबिनास राईले कुटपिट गर्दा उनका ९० बर्षीय हजुरबुबा फत्तबहादुर राईको मृत्यु भएको हो ।

Advertisement

नातीको कुटाईबाट घाईते भएका फत्तबहादुरको शुक्रबार मृृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । मादक पदार्थ सेवन गरेका अबिनासले गत सोमबार हजुरबुबामाथि कुटपिट गरेको आरोप छ ।

कुटपिटबाट उनको अनुहारसहित बिभिन्न भागमा चोट लागेको थियो । घाईते बृद्धलाई उनका आफन्तले उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगेका थिए । सोही क्रममा उनको मृत्यु भएको हो ।

कुटपिटको कारण खुल्न बाँकी छ । हजुरबुबा र नातीबीच पहिलेदेखि नै सम्बन्ध राम्रो नरहेको स्थानीयबासीले बताएका छन् । धरान बस्दै आएका अबिनास केही महिना अघि गाउँ फर्किएको स्थानीयबासी एवं सहिदभूमी गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राईले बताईन् । उपाध्यक्ष राईका अनुसार श्रीमती र एक छोरीका साथ अबिनास बेग्लै घरमा बस्दै आएका थिए ।

हजुरबुबाको मृत्युपछि ईलाका प्रहरी कार्यालय छिन्ताङको टोलीले अबिनासलाई नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!