संगालोखबर सम्बाददाता

इटहरी । खनार वजारमा म्याद गुज्रिएका सामाग्री वेच्न राखेको पाइएको छ । इटहरी उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । म्याद गुज्रिएको सामान बेच्ने एउटा किराना पसललाई अनगुमन टोलीले सिल गरेको छ ।

Advertisement

इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतम नेतृत्वको टोलीले बजारका ८ वटा किराना पसल अनुगमन गरेको थियो । सो क्रममा चार वटा किराना पसलमा म्याद गुज्रिएका समान बेच्न राखेको भेटिएको हो । वट्टाको पेडा, मिट मसला, खानेतेल घ्यू, विस्कुट, वेसारको प्याकेट लगायत म्याद गुज्रिएको भेटिएकाले सामान बरामद गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले जानकारी दिए ।

म्याद गुज्रिएको सामान बेच्ने बिक्रम किराना पसललाई अनुगमन टोलीले सिल गरेको छ । गत बर्षको अनुगमनमा पनि म्याद गुज्रिएका सामान वेचविखन गरेको पाइएको र यस पटक पनि त्यस्तै भेटिएकाले सिल गरिएको उपमेयर गौतमले वताईन् । यता, मूल्यसूची तथा साइनवोर्ड नभएकालाई तीन दिन भित्र राख्न निर्देशन दिइएको छ । व्यवसाय नविकरण नगरेकाहरुलाई पाँच दिन भित्रमा गर्न भनिएको अनुगमन टोलीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!