- संगालोखबर सम्वाददाता

काठमाडौं । अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार खर्च नबेहोर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको निर्णय सुनाउँदै अब आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्ने बताए ।

Advertisement

‘आर्थिक रुपले बिपन्न, असक्त तथा असहाय अवस्थामा रहेका नागरिकहरु, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मीसहित जोखिम क्षेत्रमा कार्यरतहरुमा लक्षण वा चिन्ह देखिएमा परीक्षण वा उपचार निःशुल्क गरिनेछ । कोरोना बिमा गरेको भएमा उनीहरुको परीक्षण र उपचार खर्च बीमा बाटै बेहोरिनेछ ।’ डा.गौतमले भने–‘अन्य सवै किसिमका व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने/गराउँने निर्णय भएको छ ।’

यो निर्णय आईतबारबाटै लागु हुने गौतमले बताए । यसअघि कन्ट्रक्ट ट्रेसिङका आधारमा सरकारी खर्चमा कोरोना परीक्षण गरिदै आएको थियो । संक्रमण पुष्टि भएकाहरुलाई सरकारी खर्चमा उपचारको व्यवस्था मिलाईदै आएको थियो । तर, सरकार पछि हटेपछि अब आम नागरिकले कोरोना परीक्षण गराउँदा र उपचार गराउँदाको खर्च आफै बेहोर्नुपर्ने भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!