संगालोखबर सम्वाददाता

धनकुटा । आफुमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेकी कमला गुरुङबिरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । ३० बर्षीय कमलाबिरुद्ध प्रहरीले जिल्ला अदालत धनकुटामा कर्तब्य ज्यान मुद्दा दर्ता गरेको हो ।

Advertisement

गत मंगलबार राती १० बजे घरको ढोका फुटाई भित्र प्रवेश गरेर आफुमाथि बलात्कार प्रयास गरेको भन्दै कमलाले स्थानीय ३० बर्षीय लीलबहादुर गुरुङमाथि खुकुरी प्रहार गरेकी थिईन् । लीलबहादुरले ढोका ढकढकाएर खोल्न आग्रह गरेको भएपनि नखोल्दा बाहिरबाटै ठेलेर चुकुल उत्काई भित्र पसेर आफुमाथि बलात्कार प्रयास गरेकाले सोही क्रममा खुकुरी भेटेर हानेको कमलाले बताएकी छन् ।

कमलाका अनुसार खुकुरी प्रहारपछि लीलबहादुर भागेका थिए । टाउकोमा गंभीर चोट लागेका उनको बुधबार बिहान स्थानीय लाहुरे खोल्सीमा शव फेला परेको हो । खुकुरी प्रहारबाट लीलबहादुरको मृत्यु भएपछि प्रहरीले कमलालाई पक्राउ गरेको हो । घटनापछि मृतकका बुवा बीरबहादुरले कमलामाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

कमलाबिरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप गरी घटनाको बिषयमा थप अनुसन्धान भईरहेको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले बताए । बलात्कार प्रयास भएको अवस्थामा प्रतिकारमा हत्या भएको प्रमाणित भएमा सजाय नहुँने कानुनी व्यवस्था छ । तर, प्रतिकारमा हत्या भएको देखिएपनि यसको यकिन अदालतले गर्ने भएकाले मुद्दा दर्ता गरेर कानुनी प्रकृया अघि बढाईएको एसपी अधिकारीले जानकारी दिए ।

यो पनि…

धनकुटामा मध्यराती ढोका फुटाएर महिलामाथि बलात्कार प्रयास, प्रतिकार गर्दा युवाको मृत्यु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!