संगालोखबर सम्वाददाता

तेह्रथुम । तेह्रथुमका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दाङ्पा–१ का ४९ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

Advertisement

धनकुटा जिल्ला अस्पतालले रेफर गरेर पठाएका उनलाई आईतबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा सोमबार उनमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानको ईमर्जेन्सीमा उपचारका क्रममा बुधबार साँझ करिब ७ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । डा.श्रेष्ठका अनुसार मृतक पुरुषमा दीर्घ रोग भने थिएन ।

यसअघि पनि तेह्रथुमको म्याङ्गलुङ नगरपालिका–१ का कोरोना संक्रमित ३१ बर्षीय युवाको प्रतिष्ठानमै उपचारका क्रममा असोज १९ गते मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!