धरानको पहिचान घण्टाघर : गरिबको समय सूचक पनि
सुनसरी । फेसन र म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाई झन् आकर्षक बनाएको छ । लाहुरेहरुको शहर धरानलाई थप चिनाउन धरानले घण्टाघर पाएको छ । हङकङमा रहेका घण्टाघरको डिजाइनमा बनेको घण्टाघर आजभोलि धरानको पहिचान बनेको छ ।
यो घण्टाघर वि.सं २०६२ पुस २० गतेदेखि औपचारिक रूपमा पर्यटकलाई प्रवेश खुला गरिएको हो । हङकङमा बसोबास गरिरहेका धराने र धर...

























