संगालोखबर सम्वाददाता

धनकुटा । भेडेटार नजिक ट्रक दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । धरानबाट धनकुटाको डाँडाबजारतर्फ जाँदै गरेको ना.७ ख.२९७ नम्बरको ट्रक दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी दुई जना गंभीर घाईते भएका छन् भने तीन जनाको अवस्था सामान्य छ । इटहरी–५ का ३५ बर्षीय ट्रक चालक सुवास राई र धनकुटाको छ नं.बुधबारेका सह–चालक २५ बर्षीय सञ्जय श्रेष्ठ गंभीर घाईते भएका हुन् ।

त्यस्तै, पाँचथर दुरबिन्दा–४ का ६४ बर्षीया गंगा कार्की, ५० बर्षीया युक्तमाया कार्की, सुनसरीको बराहा–५ का २३ बर्षीय अश्विन चौधरी पनि घाईते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा घाईतेहरुको उपचार भईरहेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले संगालोखबरलाई जानकारी दिए ।

गिट्टी बोकेको उक्त ट्रक धरान–भेडेटार सडक खण्डको देवीथानमा सडकबाट करिब डेढ सय मिटर तल खोल्सीमा खसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!