- संगालोखबर सम्वाददाता

मोरङ । मोरङको बिराटनगर–१३ सैनिक टोलबाट प्रतिवन्धित औषधीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३६ बर्षीय नरेश यादव छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ साढे ६ बजे यादवलाई पक्राउ गरेको हो ।

Advertisement

यादबले बिभिन्न प्रतिवन्धित औषधीहरु भन्सार छलेर ल्याई घरमा लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । खानतलासी गर्दा घर पछाडि कम्पाउण्ड भित्र राखेको अवस्थामा प्रतिबन्धित औषधी फेला परेको हो ।

स्टेराइल वाटर फर इन्जेक्सन आईपी ४३८ वटा, डक्सीक्लाईन ४२१, एमप्रिसोल ४० इन्जेक्सन ३५०, न्योफ्रेट २००, ओकेरोन १५६, स्यूकोलस्यूसिनायल कोलाईन इन्जेक्सन आईपी १ सय वटा बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बरामद भएको प्रतिवन्धित औषधीसहित यादवलाई कारबाहीका लागि बिराटनगरस्थित औषधी ब्यवस्था विभागमा बुझाईएको छ ।

त्यस्तैगरी, भन्सार छलेर ल्याईएको ६३ हजार मूल्य बराबरको लत्ता कपडा, कस्मेटिक सामान र खाद्यान्न पनि बिराटनगरबाट बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ साढे ५ बजे विराटनगर–१३ हनुमान मन्दिर क्षेत्रबाट सामान नियन्त्रणमा लिएको हो । बरामद सामान भन्सार कार्यालय रानीमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!