भेडेटारबाट २३ सय किलो अबैध सुर्ती बरामद

भेडेटारबाट २३ सय किलो अबैध सुर्ती बरामद

धनकुटा । धनकुटाको भेडेटारबाट प्रहरीले ठूलो परिमाणमा अबैध सुर्ती बरामद गरेको छ । को.१ ख ६२२९ नं.को मिनी ट्रकमा राखेर झापाबाट तेह्रथुम लैजादै गरेको अवस्थामा प्रहरीले करिब ६ लाख मूल्य बराबरको २ हजार ३ सय ५० किलो सुर्ती नियन्त्रणमा लिएको हो । मिनी ट्रकमा राखेर लैजादै गरेको अवस्थामा १ हजार ७ सय ५० किलो अप्रशोधित पत्ता सुर्ती र ६ सय किलो तयारी सुर्ती बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको ...
धरानमा कौडा खेल्ने ७ जना पक्राउ

धरानमा कौडा खेल्ने ७ जना पक्राउ

धरान । धरानमा कौडा खेल्दै गरेको अवस्थामा ७ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१५ स्थित सुरेश लिम्बुको घरमा जुवाजन्य खेल कौडा खेल्दै गरेको अवस्थामा छापा हानेर प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धरान–१५ का ४२ बर्षीय राजकुमार लिम्बु, ४१ बर्षीय दीपराज आङ्देम्वे, धरान–१३ का २९ बर्षीय दिपेन्द्र लिम्बु, धरान–१९ का ३७ बर्षीय खगेन्द्र भनिने धनेन्द्र लिम्बु, धरान–१८ का ३७ बर्...
प्रदेश १ मा थपिए २१८ कोरोना संक्रमित, ५६० डिस्चार्ज

प्रदेश १ मा थपिए २१८ कोरोना संक्रमित, ५६० डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बिहिबार २१८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, संखुवासभामा ४, इलाममा ३, उदयपुरमा २ तथा धनकुटा र भोजपुरमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६८, कानेपोखरीमा ४, उर्लाबारीमा २, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, सुन्दरहरैंचा, रतुवामाई, बुढीगंगा, मिक्लाजुङ र बेलबारीमा १/१ र स्थ...
संखुवासभामा भेटिएको बम निष्क्रिय पारियो

संखुवासभामा भेटिएको बम निष्क्रिय पारियो

फायल तस्वीर संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ । वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिए । बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम राखेको थियो । उक्त बेवारिसे बम आज बिहान ८ बजे बराह दल गुल्मको टोलीले निष्क्रिय पारेको प्रवक्ता बुढाथो...
खोटाङबाट सेनाको हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार

खोटाङबाट सेनाको हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार

खोटाङ । अधिक रक्तश्रावका कारण बिरामी परेकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३५ वर्षीया कविता राईको हेलिकप्टरबाट उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल खोटाङ भर्ना भएकी कविताको उपचार सम्भव नभएपछि थप उपचारका लागि बुधबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं पठाइएको हो। सुत्केरी व्यथा लागेर अस्पताल आउनुअघिदेखि नै अधिक रक्तश्राव भएपछि बिरामी परेकी राईलाई सघन उपचार कक...
भोजपुरमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

भोजपुरमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

भोजपुर । भोजपुरमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएकी षडानन्द नगरपालिका–८ तुङगेछाकी २४ बर्षीया युवतीको मृत्यु भएको हो । भोजपुरमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । कार्तिक १९ गते धरानस्थित वीपी कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी घरमै ‘होम आईसोलेशन’ बसेकी थिईन्...
धनकुटाका अधिकारीको तिहार गीत सार्वजनिक

धनकुटाका अधिकारीको तिहार गीत सार्वजनिक

धनकुटा । धनकुटाका पत्रकार तथा गीतकार रमेशचन्द्र अधिकारीको रचनामा ‘देउसी भैलो खेल्ने मेलो यसपाली छैन’ बोलको तिहार विशेष गीति सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीतकार भुपेन्द्र रायमाझीको सङ्गीत रहेको सो गीतमा विजयनारायण मानन्धर, प्रवलद्विप विश्वास र अदिती अधिकारीले स्वर दिएका छन् । गीतमा कोरोना भाइरसको महामारीमा देउसी भैलो तथा नाचगान रहित तिहार मनाउने परिस्थितिको भाव समेटिएको छ । सो गीत अग्रज लोक गा...
धनकुटाको महालक्ष्मीमा उज्यालो नगर अभियान सुरु, बत्ती बाल्न नसक्नेलाई सोलार वितरण

धनकुटाको महालक्ष्मीमा उज्यालो नगर अभियान सुरु, बत्ती बाल्न नसक्नेलाई सोलार वितरण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ । नगरका हरेक घरलाई उज्यालो बनाउँने उद्धेश्यले नगरपालिकाले यसै आर्थिक बर्षदेखि यो अभियान सुरु गरेको हो । महालक्ष्मी नगरपालिका–४ चानुवाका बिपन्न परिवारलाई शुक्रबार सोलार वितरण गरेर अभियान सुरु गरिएको छ । अभियान उद्घाटनका अवसरमा चानुवाका पाँच परिवारलाई हरेक घरमा चार/चार वटा बत्ती बाल्न मिल्ने २० वाटको सोलार सिस्टम वितरण गरिएक...
धनकुटामा तास खेल्दै गर्दा १० जना पक्राउ

धनकुटामा तास खेल्दै गर्दा १० जना पक्राउ

धनकुटा । धनकुटामा तास खेल्दै गरेको अवस्थामा १० जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–७ स्थित मोहन श्रेष्ठको घरमा कोठा भाडा लिएका योगेन्द्र कार्कीको कोठामा तास खेल्दै गरेको अवस्थामा बिहिबार राती करिब ११ बजे प्रहरीले स्थानीय १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ हिलेका ३८ बर्षीय दिलिप रायमाझी, धनकुटा–७ का ४८ बर्षीय गोरख बहादुर कटुवाल, सोही स्थानका ३३ बर्षीय राम कुमार राई...
प्रदेश १ मा थपिए ३४२ कोरोना संक्रमित, होम आईसोलेशनबाट ७३६ कोरोनामुक्त

प्रदेश १ मा थपिए ३४२ कोरोना संक्रमित, होम आईसोलेशनबाट ७३६ कोरोनामुक्त

विराटनगर । प्रदेश १ मा शुक्रबार ३४२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४२, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा ८, तेह्रथुममा ५, इलाममा ४, पाँचथर र सोलुखुम्वुमा ३/३, संखुवासभा र धनकुटामा २/२ साथै ओखलढुङ्गा र भोजपुरमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ८१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३५ महिला र ४६ पुरुष छन् । मोरङको सुन्दर...
धनकुटामा रुखबाट लडेर घाइते भएकी महिलामा कोरोना संक्रमण, उपचारका क्रममा मृत्यु

धनकुटामा रुखबाट लडेर घाइते भएकी महिलामा कोरोना संक्रमण, उपचारका क्रममा मृत्यु

धनकुटा । रुखबाट लडेर घाईते भएकी धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । घाँस झार्न रुखमा चढ्दा लडेर घाईते भएकी धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवाकी ४५ बर्षीया इन्द्रकुमारी विश्वकर्माको बिहिबार साँझ मृत्यु भएको हो । गत आईतबार गाईबस्तुलाई खुवाउँनका लागि डालेघाँस झार्न करमको रुखमा चढेका बेला उनी रुखबाट लडेकी थिईन् । टाउकोमा चोट लागेर गंभीर अवस्थामा पुगेकी उनला...
प्रदेश १ मा १६ हजार बढीले जिते कोरोना

प्रदेश १ मा १६ हजार बढीले जिते कोरोना

विराटनगर । पछिल्लो २४ घण्टाको अवधीमा प्रदेश १ मा ६६२ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ५७८ जना निको भएका छन् । त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आईसोलेसन र कालि सदन आईसोलेसन विराटनगरबाट ४/४ जना संक्रमित...
साहसिक खेलको केन्द्र बन्दै धरान

साहसिक खेलको केन्द्र बन्दै धरान

सुनसरी ।  धरानका पत्रकार जनकऋषि चाम्लिङ राईले कोरोनाको कहरमा पनि केही दिनअघि भेडेटार चढेर जिपलाइनको मज्जा लिए । भेडेटार छिनमा खुल्ने र छिनमै कुहिरोले सिरकलेझैँ छोप्ने प्राकृतिक मनमोहक ठाउँ हो । भेडेटारको यही प्रकृति एवं मौसमको यही विशेषताले गर्दा नै देश विदेशबाट पर्यटकहरु आउने गर्छन् । प्राकृतिक वातावरण, भेडेटारको तङमा र सुकुटी चाख्ने र चाल्र्स प्वाइन्ट चढेर तराई हेर्दै आएका भेडेटार पुग्ने पर्य...
उदयपुरमा जबरजस्ती करणीका फरार अभियुक्त १० वर्षपछि पक्राउ

उदयपुरमा जबरजस्ती करणीका फरार अभियुक्त १० वर्षपछि पक्राउ

उदयपुर । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन् । प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदपुरले ०६४ जेठ १४ गते बलात्कार गरेको कसुर ठहर गर्दै १० वर्षको जेल सजायको फैसला सुनाएको थियो । गोप्य सूचन...
प्रधानमन्त्रीले अनुगमन गरे संखुवासभाको अरुण तेस्रो जलविद्युत आयोजना

प्रधानमन्त्रीले अनुगमन गरे संखुवासभाको अरुण तेस्रो जलविद्युत आयोजना

किमाथाङ्का । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराएका छन्  । सो आयोजनाको ०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए। प्र...
धनकुटामा ट्रक दुर्घटना

धनकुटामा ट्रक दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाट नजिक बुधबार बिहान ट्रक दुर्घटना हुँदा चालकसहित दुई जना गंभीर घाईते भएका छन् । धरानबाट तेह्रथुम जाँदै गरेको ना.३ ख.५६९१ नम्बरको ट्रक बिहान करिब ४ बजे कोशी राजमार्गस्थित सडकबाट पल्टिँएको हो । दुर्घटनामा परी ट्रक चालक सुनसरीको धरान उपमहानगरपालिका–६ पानमाराका ४० बर्षीय मरिचमान श्रेष्ठ र सह–चालक २५ बर्षीय नविन राई घाईते भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ध्रुबकुम...
प्रदेश १ मा कोरोना संक्रमितको उपचारका लागि ५ सय वेड थपिदै

प्रदेश १ मा कोरोना संक्रमितको उपचारका लागि ५ सय वेड थपिदै

विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ सय वेड थप गर्ने तयारी गरेको छ । प्रदेशभरि अक्सिजन, आईसीयू र भेन्टिलेटरसहितका वेड थप गर्ने तयारी गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । बिराटनगरमा मंगलबार प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा बोल्दै मन्त्री घिमिरेले यस्तो जानकारी दिएका हुन् । प्रदेश सरकार परिस्थिति...
धनकुटाका दुई महिला पाँच किलो गाँजासहित पक्राउ

धनकुटाका दुई महिला पाँच किलो गाँजासहित पक्राउ

बिराटनगर । धनकुटाका दुई महिला गाँजासहित बिराटनगरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–९ का ४० बर्षीया सीता राई र साँगुरीगढी गाउँपालिका–१ का २० बर्षीया बबिता राई छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूहले बिराटनगर महानगरपालिका–४ कञ्चनवारीबाट आज दिउँसो करिब १ बजे उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ किलो ७ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जना...
प्रदेश १ मा थपिए ३०२ कोरोना संक्रमित, ५१६ डिस्चार्ज

प्रदेश १ मा थपिए ३०२ कोरोना संक्रमित, ५१६ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा मंगलबार ३०२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १००, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा ३, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र खोटाङमा २/२, इलाम र पाँचथरमा १/१ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका ६३, उर्लाबारीका १२, बेलबारी र मिक्लाजुङका ५/५, लेटाङाका ४, सुन्दरहरैचाका ३, पथरीशनिश्चरे, कटहरी र कानेपोखरीका २/२, ग्र...
उदयपुरमा १३ बर्षीय भाईले चलाएको स्कूटर दुर्घटनामा दिदीको मृत्यु

उदयपुरमा १३ बर्षीय भाईले चलाएको स्कूटर दुर्घटनामा दिदीको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० मा स्कूटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुँनेमा उदयपुरको राजाबासकी १९ वर्षीय युनिका बुढाथोकी छन् । आफ्नै भाई युनिकले चलाएको को.३९ प.९०७० नम्बरको स्कूटर सोमबार साँझ करिब ७ बजे दुर्घटना हुँदा टाउकोमा चोट लागेर युनिका गंभीर घाईते भएकी थिईन् । उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पताल पुर्याईएकी उनको राती करिब १२ बजे मृत्यु भएको प्रहरीले ज...
झापामा लागुऔषधसहित तीन जना पक्राउ

झापामा लागुऔषधसहित तीन जना पक्राउ

झापा । झापाका दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । सोमबार राति करिब ८ः१५ बजे दमक–८ का २८ वर्षीय अङ्कित कार्कीको घरको कोठामा लुकाइछिपाई लागुऔषध राखेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोल...
धनकुटामा थपिए १९ कोरोना संक्रमित

धनकुटामा थपिए १९ कोरोना संक्रमित

धनकुटा । धनकुटामा सोमबार १९ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटा नगरपालिकाका १५ जना, महालक्ष्मी नगरपालिकाका २ जना तथा पाख्रीवास र सहिदभूमीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुँनेमा प्रहरी हिरासतमा रहेकादेखि एकै घरका तीन जनासम्म छन् । धनकुटा नगरपालिका क्षेत्रबाट आईतबार स्वाब संकलन गरेर बिराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गरिएका २३ मध्ये ८ सहित नगरक्षेत्र...
दुहबीमा तास खेल्दैगर्दा ९ जना पक्राउ

दुहबीमा तास खेल्दैगर्दा ९ जना पक्राउ

सुनसरी । सुनसरीको दुहवी नगरपालिका–३ मा तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुहवी नगरपालिका–३ का ३४ बर्षीय अनिश सिंह, ४२ बर्षीय संसद मिया, ४६ बर्षीय मंगल शाह, ३६ बर्षीय टेकबहादुर गिरी, ३८ बर्षीय आलम अन्सारी, ३४ बर्षीय दिपक अकेला, ५२ बर्षीय मो.मोक्तार,...
प्रदेश १ मा थपिए ३४९ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ३४९ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा सोमबार ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङमा २/२ र ओखलढुङ्गामा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ९६ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४० महिला र ५६ पुरुष रहेका छन् । मोरङको सुन्दरहरैँचामा १८...
झापामा सयपत्री फूलको माग बढ्यो

झापामा सयपत्री फूलको माग बढ्यो

झापा । फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रुपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको माग बढेको छ । जिल्लामा व्यवसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर, भद्रपुरलगायतका क्षेत्रका किसानले लगाएको फूलको माग तिहार आउनुभन्दा एक हप्ताअघिदेखि नै  बढेको हो । गत वर्षदेखि व्यवसायिक रुपमा सयपत्री फूलको खेती शुरु गरेका साहित्यकार खगिन्द्रा खुशीको बारीमा यतिबला ढकमक्क कलकत्ते जातको सयपत्री फूल फुल...
झापाबाट ब्राउनसुगरसहित एक जना पक्राउ

झापाबाट ब्राउनसुगरसहित एक जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ काली मन्दिर छेउबाट लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ । सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले बिहान करिब ६ बजे मेचीनगर–१४ का ३० बर्षीय कुमार बि.क.लाई पक्राउ गरेको हो । उनको साथबाट ३ ग्राम लागुऔषध ब्राउसुगर बरामद भएको छ । पक्राउ परेका बि.क.को कारोबारका बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले ...
मोरङमा कोरोनाका कारण एक साताभित्र दाजुभाईको मृत्यु

मोरङमा कोरोनाका कारण एक साताभित्र दाजुभाईको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण एक साताभित्र मोरङको केराबारीका एकै घरका दुई दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुँनेमा केराबारी–३ का ५९ वर्षीय राजकुमार र ५७ वर्षीय देवकुमार नेपाल छन् । छ दिनको अन्तरमा दाजुभाईको मृत्यु भएको हो । दशैंको फूलपातीको दिन कोरोना पुष्टि भएका दाजु राजकुमारको आइतबार विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनका भाई देवकुमारको कात्तिक १८ गते धरानस्...
प्रदेश १ मा थपिए २०५ कोरोना संक्रमित, ६ सय डिस्चार्ज

प्रदेश १ मा थपिए २०५ कोरोना संक्रमित, ६ सय डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आईतबार २०५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०३, सुनसरीमा ४८, झापामा ३३, तेह्रथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २/२, पाँचथर, भोजपुर र खोटाङमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, सुन्दरहरैंचामा १५, पथरी शनिश्चरेमा ८, रतुवामाईमा ७ , रंगेलीमा ६, उर्लाबारी र कानेपोखरीमा ४/४, जहदा, बुढीगंगा र बेलबारीमा ३/३, ग्रामथानमा...
धनकुटाको चौबिसे गाउँपालिकाले दिन थाल्यो सुत्केरीलाई खाना, शिशुलाई नाना

धनकुटाको चौबिसे गाउँपालिकाले दिन थाल्यो सुत्केरीलाई खाना, शिशुलाई नाना

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले ‘आमालाई खाना शिशुलाई नाना’ कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत ८ वटै वडामा यो कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम अन्तरगत चौबिसे गाउँपालिका वडा नं.–१ का सबिता मगर, वडा नं. २ का बालकुमारी लिम्बू, संगिता लिम्बू, अनिता लिम्बू, वडा नं. ३ का शुभमाया तामाङ र उषा याखाको घरमा गएर सुत्केरी भएका उनीहरुलाई खाना र...
धनकुटाका थप एक कोरोना संक्रमितको मृत्यु

धनकुटाका थप एक कोरोना संक्रमितको मृत्यु

धनकुटा । धनकुटाका थप एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धनकुटाको पाख्रीवास नगरपालिका–३ का ७२ बर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु भएको हो । उनमा गत बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । शनिवार प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा आज दिउँसो १ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रे...
प्रदेश १ का थप ४८४ जनामा कोरोना संक्रमण

प्रदेश १ का थप ४८४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ का ४८४ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ६ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा मोरङका २०२, सुनसरीका १३८, झापाका ९२, खोटाङ र उदयपुरका १६/१६, इलामका ८, धनकुटाका ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र तेह्रथुमका २/२ तथा भोजपुरमा १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ११७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भ...
error: Content is protected !!