- संगालोखबर सम्वाददाता

धनकुटा । कोरोना संक्रमण पुष्टि भई घरमै ‘होम आईसोलेशन’ बसेका धनकुटाका एक कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ देब्रेबासका ५८ वर्षीय कोरोना संक्रमित पुरुषको घरमै मृत्यु भएको हो ।

Advertisement

उनी मृगौला रोग पीडित थिए । उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पीसीआर परीक्षण गर्दा गत आइतबार उनमा संक्रमण पुष्टि भएको थियो ।

नोबेलमा मृगौलाको डायलाईसिससमेत गराईएका उनी संक्रमण पुष्टि भएपछि घरमै ‘होम आईसोलेशन’ बसेका थिए । मृतकको शवलाई नेपाली सेनाले धनकुटा खोला र तमोर नदी दोभानमा अन्त्येष्टि गरेको छ ।

योसँगै धनकुटामा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या ७ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!