- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा मंगलबार ३४७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२५, सुनसरीमा ११४, मोरङमा ८५, इलाममा ११, संखुवासभामा ३, पाँचथर, तेह्रथुम र उदयपुरमा २/२, धनकुटा, भोजपुर र खोटाङमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापाको गौरादह, विर्तामोड र दमकमा २६/२६, कनकाईमा ९, बुद्धशान्तिमा ७, अर्जुनधारामा ६, शिवसताक्षी र भद्रपुरमा ५/५, कचनकवल र मेचीनगरमा ४/४, हल्दिबारी र कमल गाउँपालिकामा २, बाह्रदशीमा १ र स्थानीय तह नखुलेका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

सुनसरीको इटहरी र धरानमा ४९/४९, इनरुवा र बराहक्षेत्रमा ४/४, दुहवीमा ३, रामधुनी, बर्जु, देवानगञ्ज, कोशी गाउँपालिका र स्थानीय तह नखुलेकामा १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै मोरङको विराटनगरमा ५१, सुन्दरहरैंचामा ९, पथरी शनिश्चरेमा ६, बेलबारीमा ५, बुढीगंगामा ३ , सुनबर्षी, रतुवामाई र उर्लाबारीमा २/२, धनपालथान, कटहरी, रंगेली, जहदा र लेटाङमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, इलामको माईजोगमाईमा ५, चुलाचुलीमा ३, इलाम नगरपालिकामा २ र सुर्योदयमा १, संखुवासभाको खाँदबारी, सभापोखरी र धर्मदेवीमा १/१, पाँचथरको हिलिहाङ र मिक्लाजुङमा १/१, तेह्रथुमको छथर र म्याङलुङमा १/१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १/१ जनामा पनि संक्रमण देखिएको छ । त्यस्तै धनकुटाका १, भोजपुरको अरुणका १ र खोटाङका १ जना संक्रमित भएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ८८० पुगेको छ । जसमध्ये २१ हजार १५१ संक्रमित निको भईसकेका छन् ।

प्रदेश १ मा आज १६१ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका १५६ जना संक्रमित निको भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३, विराट मेडिकल कलेज र न्युरो अस्पतालबाट १/१ संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!