- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा शुक्रबार ७ सय ७४ जनाको पीसीआर परीक्षण गर्दा २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका ७१, सुनसरीका ५७, संखुवासभाका ३४, झापाका २८, तेह्रथुम र उदयपुरका ३/३ तथा धनकुटा र इलामका २/२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५०, रतुवामाई र रंगेलीमा ५/५, ग्रामथान, कटहरी, सुन्दरहरैंचा, केराबारी, बेलबारी र सुनबर्षीमा १/१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ । सुनसरीको धरानमा ३८, इटहरीमा १४, इनरुवामा ३, बराहक्षेत्र र कोशी गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।

संखुवासभाको खाँदबारीमा ३२ तथा मकालु र सिलिचोङमा १/१ जनामा संक्रमण देखिएको छ । यता, झापाको दमक र विर्तामोडमा ५/५, गौरादह, भद्रपुर, अर्जुनधारा र मेचीनगरमा ३/३, कनकाईमा २, बुद्धशान्ति, हल्दिबारी र कमल गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै, तेह्रथुमको म्याङलुङमा ३, उदयपुरको चौदण्डीगढीमा २ र उदयपुरगढीमा १, इलामको इलाम नगरपालिका र सुर्योदयमा १/१ र धनकुटाको धनकुटा नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ४१ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या २० हजार २ सय २६ पुगेको छ । यसैबीच प्रदेश १ मा होम आईसोलेशनमा रहेका ४४७ जना कोरोना संक्रमित शुक्रबार कोरोनामुक्त भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!