- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाका थप छ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा धनकुटा नगरपालिका क्षेत्रका ९ बर्षीय बालकसहित चार जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आफै ल्याबमा गएर परीक्षण गराएका दुई जनामा पनि संक्रमण देखिएको छ ।

कन्ट्राक्ट ट्रेसिङका आधारमा १४ जनाको पीसीआर परीक्षण गर्दा चार जनाको रिपोर्ट पोजिटिभ आएको धनकुटा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक भोजराज भण्डारीले जानकारी दिए । धनकुटा नगरपालिका–७ का ९ बर्षीय बालकमा संक्रमण पुष्टि भएको छ । बुवा, हजुरआमा र हजुरबुवामा संक्रमण देखिएपछि पीसीआर परीक्षण गर्दा बालकमा पनि संक्रमण पुष्टि भएको हो । त्यस्तै, हिलेस्थित एक बैंकमा कार्यरत धनकुटा–१० की ३१ बर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।

यता, धनकुटा–९ का २४ बर्षीय पुरुष र धनकुटा–६ का ४५ बर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी ल्याबमा गएर आफै परीक्षण गराएका धनकुटा–४ का २४ बर्षीय पुरुष र सहिदभूमीका ३८ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले बताए ।

यसैबीच शनिवार धनकुटाका १८ जना कोरोनामुक्त भएका छन् । औद्योगिक ग्रामस्थित आईसोलेशनमा रहेका ६ जना र होम आईसोलेशनमा रहेका १२ जनाको दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । शनिवार संक्रमण पुष्टि भएका धनकुटा–७ का ९ बर्षीय बालकका बुवा र हजुरबुवा पनि संक्रमणमुक्त भएका छन् । १९ जनाको दोस्रो पटक परीक्षण गर्दा ती बालककी हजुरआमाबाहेक १८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार धनकुटाका कोरोना संक्रमितको कुल संख्या १६९ पुगेको छ । जसमध्ये १२५ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!