- संगालोखबर सम्वाददाता

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ का ३६८ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनमा रहेका ३६५ जना कोरोनामुक्त भएका छन् भने न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् । योसँगै प्रदेश १ मा कोरोनामुक्त हुनेको संख्या २० हजार ५ सय ८८ पुगेको छ ।

Advertisement

प्रदेश १ मा शनिवार १३५ जना कोरोना संक्रमित थपिएका छन् । ४७० जनाको पीसीआर परीक्षण गर्दा ६७ महिला र ६८ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३/३ र पाँचथरमा १ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ५०, बुढीगंगामा ३, कानेपोखरी, बेलबारी र लेटाङमा २/२, ग्रामथान, उर्लाबारी, धनपालथान, पथरीशनिश्चरे, केराबारी र कटहरीमा १/१ तथा स्थानीय तह नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, झापाको कनकाईमा १२, भद्रपुरमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, मेचीनगरमा ४, शिवसताक्षीमा २, गौरादह, बुद्धशान्ति र झापा गाउँपालिकामा १/१, र स्थानीय तह नखुलेका ७ जनाको रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तैगरी, सुनसरीको इटहरीमा २, इनरुवा, बराहक्षेत्र, गढी र रामधुनीमा १/१ जना संक्रमित भएका छन् । इलामको इलाम नगरपालिकामा २ र माईजोगमाईमा १ जनामा संक्रमण देखिएको छ ।

यता, धनकुटाको धनकुटा नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । तर, जिल्ला स्वास्थ्य कार्यालयले भने धनकुटा नगरपालिकामा चारसहित जिल्लामा ६ संक्रमित थपिएको जानकारी दिएको छ । पाँचथरको फिदिमका पनि १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा हालसम्म १ लाख ८२ हजार ६ सय ७ जनाको पीसीआर परीक्षण गर्दा २५ हजार ७६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!