- संगालोखबर सम्वाददाता

सुनसरी । धरानबाट बुधबार लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । धरान–१५ का ३३ बर्षीय रबि तामाङलाई लागुऔषधसहित घरबाटै प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

उनले आफ्नै घरमा लागुऔषध राखेर बिक्रि वितरण गर्ने गरेको आरोप छ । सोही सूराकीका आधारमा गएको प्रहरी टोलीले तामाङको घर खानतलासी गर्दा लागुऔषध फेला परेको हो ।

तामाङको कोठा भित्र कार्टुनमा लुकाएर राखेको अवस्थामा डाईलेक्स डीसी १६ थान, स्पामो प्रोक्सिभन प्लस ८४ क्याप्सुल र निट्रोसुन टेन १४ ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका तामाङबिरुद्ध प्रहरीले लागुऔषध मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!