संगालोखबर सम्वाददाता

मोरङ । मोरङको मिक्लाजुङबाट हतियारसहित एक जना पक्राउ परेका छन् । मिक्लाजुङ–१ सिलिलिङका ५८ बर्षीय अरुण भनिने अमृतबहादुर श्रेष्ठलाई हतियारसहित प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई सोमबार दिउँसो सवा ३ बजे पक्राउ गरेको हो । घरमा हतियार लुकाएर राखेको सुराकीका आधारमा प्रहरी टोली श्रेष्ठको घर पुगेको थियो ।

घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५ सय ग्राम बारुद फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका श्रेष्ठबिरुद्ध प्रहरीले हातहतियार खरखजना मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!