- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापाको दमक नगरपालिका–१ की टिकामायाँ भण्डारी पौडेलको आईतबार साँझ हत्या भएको छ । हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४७ बर्षीय चुडामणी भण्डारीलाई पक्राउ गरेको छ ।

धान भित्र्याउँन कमल गाउँपालिका–६ स्थित खेतमा गएका बेला आईतबार साँझ करिब ५ बजे चुडामणीले खुकुरी प्रहार गर्दा ३७ बर्षीया टिकामायाँको मृत्यु भएको प्रहरीले जनाएको छ । चुडामणीले श्रीमतीसँगै अर्का युवा प्रकाशचन्द्र दाहालमाथि पनि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट टिकामायाँको घटनास्थलमै मृत्यु भएको छ भने दाहाल गंभीर घाईते भएका छन् । घाईते दाहालको बिएण्सी अस्पतालमा उपचार भईरहेको छ ।

Advertisement

खुकुरी प्रहार गर्ने चुडामणीलाई घटनापछि प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमान–श्रीमतीबीचको बेमेलका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख बिजयराज पण्डितले संगालोखबरलाई बताए । ‘पारिवारिक बेमेलका कारण घटना भएको देखिन्छ ।’ प्रहरी प्रमुख पण्डितले भने–‘खुकुरी प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान गर्दैछौ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!