- संगालोखबर सम्वाददाता

मोरङ । बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट १०८ थान छालाको पेटीसहित आईतबार बिहान एक महिला पक्राउ परेकी छन् । तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले बिहान करिब ४ बजे अरबिना खातुनलाई पक्राउ गरेको हो ।

Advertisement

भारतीय बजारबाट अबैध रुपमा समान भित्र्याउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खातुनलाई नियन्त्रणमा लिएको हो । अन्य मानिसहरुसमेत रहेको सो स्थानमा सामान नियन्त्रणमा लिने क्रममा प्रहरी माथी आक्रमण प्रयास भएको थियो ।

प्रहरीमाथि आक्रमण प्रयास भएपछि १ राउण्ड हवाई फायरसमेत गरेर स्थितीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ परेकी खातुनको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संग्लग्न अन्य व्यक्तिहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!